शेयर बजारमा पहिरो, कारोबार ८ अर्ब ३५ करोड बढी

साताको पहिलो दिन (आइतवार) शेयर बजारमा पहिरो गएको छ । यस दिन नेप्से परिसूचक ७९.७४ अंकले घट्दै शेयर बजार २४७४.३९  विन्दुमा झरेको छ । 

यस दिन सेन्सेटिभ परिसूचक १४.५३ अंकले घट्दै ४४७.२९ विन्दुमा झरेको छ ।


Advertisement

आइतवार २ सय ७ कम्पनीको १ करोड ६० लाख १७ हजार ३ सय २२ कित्ता शेयर ८ अर्ब ३५ करोड ५२ लाख ८९ हजार ८ सय १४ रुपैयाँमा खरिदबिक्री भएको नेप्सेले जनाएको छ  । 

आइतवार होटल्स तथा पर्यटन समूहको सूचक मात्रै बढेको छ । शेयर बजारमा यो समूह नयाँ हो । कम्पनीहरू पुरानै भएपनि नेप्सेले आइतवारदेखि होटल तथा पर्यटन समूह थप गरेको हो । 


Advertisement

यस समूहको शेयर ११.०८ अंकले बढ्दै २०६१.९७ पुगेको छ । यसबाहेक अन्य सबै समूहको कारोबार राताम्मे भएको छ । 

चन्द्रागिरी हिल्स लिमिटेडको कारोबारमा सकारात्मक सर्किट लाग्न पुगेको छ । यसको शेयर मूल्य ३७ रुपैयाँले बढ्दै ४ सय १४ पुगेको छ । 

कारोबारका आधारमा शिखर इन्स्योरेन्स अग्रस्थानमा रह्यो । आइतवार यस कम्पनीको शेयर १ अर्ब २ करोड रुपैयाँभन्दा माथिको कारोबार भएको छ । 

आइतवार नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ६३ करोड ४९ लाख ५५ हजार रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ । 

यस दिन गणपति माइक्रोफाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । 
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्