कोरोनाको खोपले ल्याउनसक्छ जिउमा डल्लो, क्यान्सर ठानेर नआत्तिन चिकित्सकको आग्रह

कोभिड–१९ विरुद्धको खोप लगाउनुअघि रोगीहरूले म्याम्मोग्रामका लागि समय छुट्ट्याउन चिकित्सकहरूले सिफारिश गरेका छन् । 

खोप लगाएका केही महिला शरीरमा लीम्फ नोड सुन्निएको देखिँदा स्तन क्यान्सर भएको भनी डराएका थिए । 


Advertisement

सुन्निएका यी लीम्फ नोड म्याम्मोग्राम र अन्य किसिमका स्क्यानमा देखिन्छन्, विज्ञहरू बताउँछन् । 

‘एकदुईपटक रोगी म्याम्मोग्रामका लागि गएको र डल्लो देखिएको थियो,’ डाना–फार्बर क्यान्सर इन्स्टिच्युटका    स्तन क्यान्सर विशेषज्ञ डा ह्यारोल्ड बर्नस्टाइनले बताए । 
 


Advertisement

लीम्फ नोडहरू शरीरको रोगप्रतिरोधक प्रणालीमा रहेको विशिष्ट टिस्यु हुन् जसमा श्वेत रक्तकोशिका हुन्छन् । यसले संक्रमण र रोगविरुद्ध लड्न मद्दत गर्ने नेसनल क्यान्सर इन्स्टिच्युटले जनाएको छ ।

त्यसको आकार सिमीको गेडो जत्रो हुने र त्यो शरीरभरि हुने बर्नस्टाइनको भनाइ छ । तर महत्त्वपूर्ण लीम्फ नोडहरू काखी, घाँटी र तिघ्रामा हुन्छन् । 

खोप लगाएपछि काखीमुनिको भाग सुन्निने सम्भावना रहन्छ किनकि पाखुरामा खोप लगाइँदा काखी नजिकै हुन्छ । खोप लगाएको केही दिनमै ती सुन्निन थाल्छन् र १२ हप्तासम्म सुन्निन सक्छन् । अनि खोपले स्तनमा कुनै असाधारण अवस्था ल्याउँदैन, काखीमुनि मात्र डल्ला ल्याउँछ । 

तर यो पूर्णतः सामान्य अवस्था भएको स्वास्थ्यविद्हरू बताउँछन् । यसरी सुन्निँदा कोभिड गराउने भाइरसबाट शरीरलाई बचाउने एन्टीबडीले काम गरिरहेको प्रमाणित हुन्छ । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्