उद्योगी सौर्य शम्शेर राणाको निधन

सिप्रदी समूहका अध्यक्ष सौर्य शम्शेर राणाको निधन भएको छ ।

४ दिनअघि मुटुको शल्यक्रिया गरेका उनको ६३ वर्षको उमेरमा आइतवार निधन भएको हो ।


Advertisement

राणाको अन्तिम संस्कार आजै पशुपति आर्यघाटको विद्युतीय शवदाह गृहमा गरिँदैछ ।

उनी नेपाल–भारत चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष र २०५३ सालदेखि सिप्रदी ट्रेडिङमा आबद्ध थिए । उनले नाडा अटोमोबाइल्समा पनि लामो समय काम गरेका थिए ।


Advertisement

राणाले आदित्य बिर्ला गु्रपअन्तर्गतको ग्रासिम लिमिटेडमा रही भारत र फिलिपिन्समा काम गरेका थिए ।

बेलायतको होयर गोभेट नामक कर्पोरेट कम्पनी र हल्याण्ड, ह्यानेन एण्ड कुबिट्स नामको निर्माण कम्पनीबाट उनको करिअर शुरू भएको थियो ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्