रुसको तातारस्तानमा विद्यालयमा गोलीकाण्ड, ९ जनाको मृत्यु (भिडियो)

रुसको तातारस्तानमा विद्यालयमा गोलीकाण्ड, ९ जनाको मृत्यु (भिडियो)

रुसको तातारस्तानको राज्यको राजधानी काजानमा रहेको एक विद्यालयमा मंगलवार गोलीकाण्ड हुँदा आठ बालबालिका र एक शिक्षकको ज्यान गएको छ । 


Advertisement

समाचार संस्था तासले दिएको खबरअनुसार, घटनामा १० जना घाइते भएका छन् । चारजनालाई अस्पतालमा भर्ना गरिएको छ । 


Advertisement

रुसमा १० दिनको राष्ट्रव्यापी बिदापछि विद्यालय खुल्नेबित्तिकै यो त्रासदीपूर्ण घटना भएको हो । 
 

काजान मस्कोबाट ८०० किलोमिटर पर छ । त्यहाँ १२ लाखभन्दा बढी मानिस बस्छन् । 
 


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्