प्रहरीको नाक र कान टोकेर अपराधी फरार !

भारतको उत्तर प्रदेशस्थित फिरोजाबादमा अनौठो घटना भएको छ । 
 


Advertisement

नारखी क्षेत्रमा दुई पक्षबीच कुटाकुट हुँदा प्रहरीले एक अराोपितलाई समातेर लैजाँदा गर्दा ती व्यक्ति प्रहरीको नाक र कान टोकेर घाइते बनाई फरार भएका छन् । 


Advertisement

प्रहरीले आरोपितको खोजी गरिरहेको छ । 

सोमवार साँझ प्रहरीलाई कुटपिटको खबर आएपछि घटनास्थल पुगेको थियो । सन्दीप नामक प्रहरी अधिकारीले टिल्लु नाम गरेका आरोपितलाई समाते र बाइकमा राखेर नारखी थानातिर लगे । 


Advertisement

बाटोमा जाँदै गर्दा आरोपित टिल्लुले सन्दीपको कान टोकिदियो । सन्दीपले पछाडि फर्केर हेर्दा नाक पनि टोकिदियो । 
 

रगतपच्छे भएपछि सन्दीपले बाइक रोके अनि आरोपित टिल्लु फरार भयो । 

अर्का प्रहरीले सन्दीपलाई ट्रमा सेन्टर लगेर उपचार गराए । 

आरोपित टिल्लुको खोजी जारी छ । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्