‘उत्तर अमेरिकी नेपाली कविता’ मा २२१ कवि

विश्वभर छरिएका नेपाली स्रष्टाका सिर्जना प्रकाशनका क्रममा नेपाल प्रज्ञा प्रतिष्ठानबाट कवि कृसु क्षेत्रीको सम्पादनमा ‘उत्तर अमेरिकी नेपाली कविता’ नामक सङ्ग्रह प्रकाशित भएको छ । 


Advertisement

संयुक्त राज्य अमेरिका र क्यानाडामा बसोबास गर्दै आएका २२१ नेपालीभाषी कविका कविता सङ्ग्रहमा संकलित छन् । सम्पादक क्षेत्रीले चार वर्षसम्म नेपालका लागि अमेरिकास्थित कूटनीतिक सेवामा रहँदा त्यहाँ सक्रिय नेपाली स्रष्टाका भाषा, साहित्य र देशभक्तिबाट प्रभावित भई सङ्कलन शुरू गरेका थिए । 


Advertisement

सम्पादक क्षेत्रीले सङ्ग्रहमा कविले कर्मभूमिमा भोगेको पीडा, सुख, संघर्ष, आरोह, अवरोह तथा आफ्नोपनलाई कलात्मकरूपमा उनेको बताए । 

अमेरिकामा रहेका नेपालीका कविताको साझा कृतिका रूपमा सङ्ग्रह आएको बताउँदै कवि तथा सम्पादक क्षेत्रीले भाषा, साहित्य तथा संस्कृतिले माटोप्रतिको प्रेमलाई उजागर गर्न मद्दत गरेको विचार व्यक्त गरे । 


Advertisement

सङ्ग्रहमा ‘डायस्पोरिक’ रचनाका साथै नेपालीको जीवन, समाज र तिनका भोगाइका अनुभूति सँगालिएका छन् । 

सङ्ग्रहले डायस्पोरिक नेपाली कविताको अध्ययन–अनुसन्धान गर्न र प्रवासी नेपालीका कविताका बारेमा जानकारी लिन मद्दत गर्ने बताइएको छ । 

कमेन्ट गर्नुहोस्