‘इसाराले बोलाउनु पर्दैन’मा नाचे धुर्मुस सुन्तली (भिडियो)

 


Advertisement

ओटिटी प्लेटफर्ममा सार्वजनिक हुने तयारीमा रहेको नेपाली चलचित्र ‘म त मर्छु कि क्याहो’को प्रमोशनल गीत ‘ईसाराले बोलाउनु पर्दैन’को भिडियो सार्वजनिक गरिएको छ । तुलसी घिमिरेको निर्देशन तथा कलाकार तथा निर्माता विश्व बस्नेतको निर्माण रहेको पुरानो चलचित्र ’अन्याय’मा समावेश उक्त गीतलाई ‘म त मर्छु कि क्याहो’ निर्माण टिमले अनुमति लिएर प्रमोशनल गीतको रुपमा सार्वजनिक गरेको हो ।


Advertisement

अहिले सार्वजनिक गीतको भिडियोमा ‘म त मर्छु कि क्याहो’ का मुख्य कलाकारद्वय सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को नृत्य देख्न सकिन्छ । भिडियोमा रामजी लामिछानेले कोरियोग्राफि गरेका छन् भने छायांकान मान कृष्ण महर्जन को रहेको छ । भिडियो सम्पादन मिलन श्रेष्ठले गरेका हुन् ।

उक्त गीतको भिडियो ओहो मुभि टिमले निर्माण गरेको कलाकार सिताराम कट्टेल (धुर्मुस)ले जानकारी दिए ।
 धुर्मुसका अनुसार उक्त गीत म त मर्छु कि क्याहोको प्रमोशनका लागी मात्र प्रयोग गरिनेछ । ईसाराले बोलाउनु पर्दैन गीत रत्नशम्शेर थापा, इश्वर बल्लभ र प्रदिप रिमालले रचना गरेका हुन् ।


Advertisement

 गीतमा भुपेन्द्र सिंह र दिपा झाको स्वर रहेको छ । गीतमा संगीत भने वरिष्ठ संगीतकार रन्जित गजमेरको रहेको छ ।

चलचित्र म त मर्छु कि क्याहो यहि भदौ ११ गतेदेखि ओहो मोबाइल एप मार्फत सार्वजनिक हुँदैछ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्