जब तालिबानीले क्यामेरामा हेर्दै भने- हामी फेरि आउनेछौँ

पछिल्लो केही दिनदेखि अफगानिस्तानमा तालिबानले कब्जा जमाएको छ । स्थिति यति नाजुक भएको छ कि त्यहाँका नागरिक देश छोडेर भागिरहेका छन् । 


Advertisement

यस्तो अवस्थामा बलिउड निर्देशक कबीर खानले अफगानिस्तानमा आफूसँग भएको घटनाबारे बताएका छन् । 


Advertisement

सन् २००१ मा कबीर अफगानिस्तान गएका थिए । उनले केही तालिबानीहरूको अन्तर्वार्ता पनि गरेका थिए । उनका लागि यो डरलाग्दो अवस्थाभन्दा कम थिएन । 

हिन्दूस्तान टाइम्ससँग कुराकानी गर्दै कबीरले त्यो किस्सा सुनाए, जब नाइनइलेभेन आक्रमण भइसकेको थियो । त्यतिबेला उनी एउटा डकुमेन्ट्रीमा काम गरिरहेका थिए । 


Advertisement

सो डकुमेन्ट्रीमा उनलाई केही तालिबानीहरूको पनि अन्तर्वार्ता लिनु पर्ने थियो । 

उनले भने, ‘एक जना सिनियर तालिबानीले सीधै क्यामरामा हेरेर भने– के तपाईं लागिरहेको छ कि हामी जान लाग्यौँ ? होइन हामी फेरि आउनेछौँ ।’

ती तालिबानीले निर्धक्कसाथ भनेको देखेर कबीर डराएका थिए । ‘आज आफगानिस्तानमा तालिबानको कब्जा देखेर मलाई त्यो घटना याद आउँछ,’ उनले भने ।

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्