३० वर्षदेखि एकै ठाउँमा कोइला हम्किँदैआएकी एक महिलाको कथा [भिडियो रिपोर्ट]

विश्वास खनाल
विश्वास खनाल

खनाल लोकान्तरका मल्टिमिडिया संवाददाता हुन् ।

ललितपुरको ग्वार्कोस्थित आकाशे पुल आसपासमा पुग्नुभयो भने एक महिला कोइलाको भुङ्ग्रोमा हरियो मकै राखेर हम्किँदै गरेको भेटिन्छिन् ।


Advertisement

काठमाडौंमा यस्तो दृष्य नौलो त होइन, तर यी महिलाको कथा अलि फरक छ ।


Advertisement

नाम माया ।  घर धनकुटा । माइती झापा । ५ दिनको पिरतीलाई विवाहमा परिणत गर्दै माइतीबाट भागेको ३८ वर्ष पुगेछ । भागी विवाहपछि काठमाडौं छिरेकी उनी ३० वर्षदेखि मकै पोल्दै गुजारा गरिरहेको बताउँछिन् ।

उनका पती काठमाडौंमा गाडी चालक थिए । अचानक एक दिन सुतिरहेकै अवस्थामा हृदयाघातका कारण निधन भयो । त्यसको ६ वर्षपछि नै अर्को शोक आइलाग्यो । दुवै मिर्गौला फेल भएर २८ वर्षीया छोरीले ज्यान गुमाइन् । उपचारमा लाखौं खर्चिँदा पनि छोरीको ज्यान जोगाउन नसकेकोमा उनलाई अफसोच छ ।


Advertisement

भविष्यको सहारा एउटा छोरा छन् । उनले ब्याच्लर लेभल अध्ययन गर्दै रहेछन् । छोरालाई डाक्टर बनाउने धोको भए पनि पढाउन नसकेकी उनी ब्याच्लर लेभलसम्मको अध्ययन गराउन सकेकैमा गर्व गर्छिन् ।

उनले यसबीचमा १० वर्ष एउटा कम्पनीमा जागिर पनि खाएकी रहिछन् । बिहानको समयमा जागिर अनि दिनभर ठेलामा मकै पोल्ने गरेको उनी सम्झिन्छिन् । जागिर छोड्नुको पनि आफ्नै पीडा रहेछ ।

हात खुट्टा चलुञ्जेल काम गरेर खानुपर्छ भन्ने उनको मान्यता छ । आफ्नो काम गर्दा जति आनन्द र खुशी अरूको काम गर्न नमिल्ने उनले बताइन् ।

हेर्नुहोस्, भिडियो :

विश्वास खनाल
विश्वास खनाल

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्