आलेख

किन बारम्बार फुटिरहन्छ कम्युनिस्ट पार्टी ?

प्रदीप नेपाल
प्रदीप नेपाल

वामपन्थी नेता नेपाल प्रगतिशील साहित्यकार समेत हुन् ।

किन बारम्बार फुटिरहन्छ कम्युनिस्ट पार्टी ?

हामीले एउटा भग्नावशेष पायौं कम्युनिस्ट पार्टीको रुपमा । पुष्पलाल, तुलसीलाल, बर्मा, मानन्धर, केशरजंगका गुटहरू । केन्द्रीय न्यूक्लियस, पूर्वको रातो झण्डा, दाङ कम्युनिस्ट, माले दल, मार्क्सवाद अध्ययन केन्द्र । कति हो कति !


Advertisement

हामी घरघरमा भेट्टाउथ्यौं कम्युनिस्ट पार्टी बीउ । कांग्रेस एउटा हुँदा कम्युनिस्ट एक दर्जन हुन्थे तर सक्रिय कोही थिएनन् । त्यसैले एउटा राजनीतिक सन्नाटा थियो नेपालमा ।


Advertisement

जसरी भएपनि त्यसलाई त तोड्नैपर्छ – हाम्रा अगुवा साथीहरू भन्थे तर कसरी ? कसैलाई थाहा थिएन । एउटा विस्फोटको आवश्कता थियो शायद ।

झापा संघर्ष नै त्यो विस्फोट थियो, जसले नेपालका युवा विद्यार्थी तथा असंगठित कम्युनिस्टलाई बेस्सरी हल्लायो । झापा संघर्ष केही अतिउग्रवामपन्थी सोचबाट एउटा नयाँ समूह बन्यो – अखिल नेपाल क्रान्तिकारी कोअर्डिनेसन केन्द्र । यही कोअर्डिनेसन केन्द्रका वरिपरि उभिए विभिन्न समूह बनाएर काम गरेका क्रान्तिकारीहरू ।


Advertisement

यसको विस्तारमा सबैभन्दा ठूलो भूमिका रह्यो नक्खु जेल विद्रोहको । यो  अर्को विस्फोट थियो । कोअर्डिनेसन संगठन विस्तारको । लुम्बिनी मात्र होइन, दाङ, बाँके, बर्दिया र गण्डकीसम्मका जिल्लाहरूलाई लपेट्यो । म यो कोअर्डिनेसनको विस्तार स–साना नदीहरू मिलेर बगेको ठूलो नदी भन्छु ।

अहिले हामी ०२५/३० को हालतमा झरेका छौं हामी । तर छरपस्ट भइसकेका छैनौं । हामी दुवै पार्टीको मार्गदर्शक सिद्धान्त एउटै छ – जनताको बहुदलीय जनवाद । ढिलोचाँडो त्यही सिद्धान्तले हामीलाई एकठाउँमा उभिन कर लाउँछ ।

अलग–अलग समूहबाट आउनुभएका साथीहरूको विचार यसमा समाहित छ । नत्र झापाको अतिउग्रवामपन्थ २०४६ सालको संयुक्त जनआन्दोलनसम्म आइपुग्दा वामपन्थीको साझा एजेण्डामा नेपाली कांग्रेससँग सहकार्य गर्ने ठाउँमा कसरी आइपुग्थ्यो होला र !

आन्दोलनपछिको अवस्था सबैलाई थाहै छ । २०४७ सालमा नेकपा (माले) र नेकपा (मार्क्सवादी) मिलेर  नेकपा ¬(एमाले) बन्यो । त्यसपछि अर्को लहर आयो एकताको । एउटा नेकपा (एमाले) र अर्को नेकपा (माओवादी) । झिनामसिना कतै भए पनि तिनीहरू निर्जीव थिए । कामरेड रोहित भक्तपुरबाट निस्कनै चाहनुभएन । गर्न चाहिँ उहाँले त्यो सानो ठाउँमा राम्रै काम गरिरहनुभएको थियो ।

अकस्मात ठूलो भूकम्प गयो नेकपा (एमाले) मा । २०५४ सालमा त्यो काँक्रो चिरिए जसरी चिरियो तर त्यसलाई नेकपा (एमाले) ले नै टाल्यो, अहिले पनि फुटेको छ एमाले । तलदेखि माथिसम्मै भत्किएको छ । यो फेरि चटक्कै जोडिन्छ भन्ने मलाई लाग्दैन । अहिले हामी ०२५/३० को हालतमा झरेका छौं हामी । तर छरपस्ट भइसकेका छैनौं । हामी दुवै पार्टीको मार्गदर्शक सिद्धान्त एउटै छ – जनताको बहुदलीय जनवाद । ढिलोचाँडो त्यही सिद्धान्तले हामीलाई एकठाउँमा उभिन कर लाउँछ । त्यसै हुनाले मैले विवादको थालनी भएदेखि नै जनताको बहुदलीय जनवादलाई मान्नेहरू एकअर्कालाई गाली नगर्नुहोस् भनेको थिएँ । सुन्नेले सुन्नुभयो, सुन्न मन नलाग्नेले सुन्नुभएन । जे होस् भइसकेको काममा रूवाबासी गर्नुको कुनै काम पनि हुँदैन ।

अब पार्टीका चिराहरूमा सहयोग र सद्भावनाको सोच हुनुपर्‍यो । मार्क्सवाद भनेको गन्धे हतियारको लडाइँ होइन । मार्क्सवाद भनेको स्वतन्त्रताको गीत हो । तपाईंहरू सम्झिनुस्, नेपाली कम्युनिस्ट आन्दोलनका सबैभन्दा ठूला नेता मदन भण्डारीले काममा ‘प्रतिस्पर्धा’को कुरो गर्नुभएको थियो । बीपीलाई त कांग्रेसहरूले सम्झिइरहनुभएको छ, तपाईंहरूले यति चाँडै नेपाली मार्क्सलाई बिर्सनुभयो ? कहिल्यै कुनै कम्युनिस्टको समाचारसम्म नछाप्ने  अमेरिकाको न्यूजविकले बहुदलीय स्थापनाको लगत्तै ‘कार्लमार्क्स नेपालमा बाँचेका छन्’ भनेर अमेरिकी सरकारलाई सूचना दिएको थियो । अर्थात् मदन भण्डारीद्वारा प्रदत्त नयाँ विचार ‘जनताको बहुदलीय जनवाद’ नेपाली मार्क्सवाद थियो । 

नेपालमा ३ थान ठूला पार्टी छन् समाजवादको सपना देख्ने तर तिनै समाजवादको सपना देख्नेहरू नै एकअर्काविरुद्ध जुधेर जात्रा देखाइरहेका छन् । नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र नेकपा (एमाले) । यी तिनैको लक्ष्य समाजवाद हो तर पुँजीवाद नआउँदै एकअर्काका ज्यानमारा शत्रु भएका छन् ।

तर बुझेनन् हाम्रा साथीहरूले । उनीहरूलाई लाग्यो – जनताको बहुदलीय जनवाद पनि सर्वहारा वर्गको अधिनायकत्वको सन्तान हो । यथार्थमा मार्क्सवाद र सर्वहारा अधिनायकत्वको कुनै साइनो सम्बन्ध छैन । मार्क्सवाद वैयक्तिक स्वतन्त्रको गीत हो भने सर्वहारा अधिनायकत्व यसको परम शत्रु हो । नेपालमा मैले ३ जना मानिस भेटेको छु, जसले लेनिनवाद र मार्क्सवाद बीचको भिन्नता बुझेका छन् । मार्क्सवादको स्वतन्त्रता र लेनिनवादको अधिनायकत्वको जमिन आकाशको फरक छ । त्यसैले सबैभन्दा धेरै अध्ययन गर्ने गरिएका भनिने कम्युनिस्ट पार्टीका नेताहरूले आपूmलाई  ‘एकीकृत मार्क्सवादी लेनिनवादी पार्टी’को सदस्य भनेर चिनाउने गर्छन् । यथार्थमा मार्क्‍सवादसँग लेनिनवाद कतै पनि जोडिँदैन ।

नेपालमा ३ थान ठूला पार्टी छन् समाजवादको सपना देख्ने तर तिनै समाजवादको सपना देख्नेहरू नै एकअर्काविरुद्ध जुधेर जात्रा देखाइरहेका छन् । नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र नेकपा (एमाले) । यी तिनैको लक्ष्य समाजवाद हो तर पुँजीवाद नआउँदै एकअर्काका ज्यानमारा शत्रु भएका छन् । हुन त मदन भण्डारीले प्रतिस्पर्धामार्फत आपूmलाई अब्बल देखाउने भन्नुभएको छ तर अहिलेको लडाइँ मदन भण्डारीले भनेको छैन । नेपाली कांग्रेस मदन भण्डारीलाई प्रजातान्त्रिक नेता मान्दैन । त्यसैले म जहिले पनि नेपाली कांग्रेसको बीपीको समाजवाद देख्छु । अहिलेका नेपाली कांग्रेसका नेताहरूले दस्तावेजमार्फत समाजवादको खण्डन गरेका छैनन् । कथित प्रजातन्त्रसँग दर्जनौं उपशीर्षक छन् जस्तैः उदारवाद, नवउदारवाद आदि इत्यादि । समाजवाद पो शत्रु भयो पुँजीवादको, उदारवाद त पूँजीवादकै पोष्यपुत्र न हो । नेपाली कांग्रेसले आफ्नो कित्ताकाट गर्नुपर्छ अब । उनीहरू को तिर छन् ? उदारवादी पूर्व पञ्चतिर कि समाजवादी वामपन्थीतिर !

सिद्धान्तहीन  भएकै कारणले देशमा राजनीति फोहोरी भएको छ । सबैको स्पष्ट धारणा हुनुपर्‍यो अनि त्यो व्यवहारमा देखिनु पनि पर्‍यो । नेकपाका एमाले, समाजवादी  र माओवादी । यी ३ दलले पनि आफ्नो कित्ताकाट गर्नुपर्‍यो तर कित्ताकाट गर्दा जनताको बहुदलीय जनवाद नमान्नेलाई हामी समाजवादउन्मुख पार्टी भन्दैनौँ भन्ने त्यसका अगुवाहरूलाई थाहा होस् । किनभने जनताको बहुदलीय जनवाद नै आजको नेपालको मार्क्सवाद हो ।

प्रदीप नेपाल
प्रदीप नेपाल

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्