शान्ति समाजद्वारा थप दुई स्रष्टा सम्मान पुरस्कार स्थापना

मानव अधिकार तथा शान्ति समाजले स्रष्टा सम्मान अभियान अन्तर्गत मानवबहादुर रावल वातावरण स्रष्टा सम्मान र पद्यप्रसाद दाहाल स्रष्टा सौगात गरि थप दुई पुरस्कार स्थापना गरेको छ ।


Advertisement

यस अन्तर्गत प्रत्येक बर्ष साहित्यका विभिन्न विधामा योगदान गरेका दुई जना स्रष्टालाई जनही रु. २० हजार नगदसहित सम्मानपत्र प्रदान गरिने समाजका सभापति गोविन्द खनालले जानकारी दिए । 


Advertisement

पुरस्कारहरू स्थापनार्थ अक्षय कोषका लागि स्व. मानबहादुर रावल (तानसेन,पाल्पा)का छोरा मानव अधिकार तथा शान्ति समाजका उपसभापति कृष्णबहादुर रावलले रु. २ लाख र स्व. पद्यप्रसाद दाहाल (मादी, संखुवासभा) का नातिनी तथा नातिहरूले दुई लाख शान्ति समाजलाई प्रदान गर्ने भएका छन् ।

 यी पुरस्कारहरू हरेक बर्ष महाकवि लक्ष्मी प्रसाद देवकोटा जन्मजयन्तीको सेरोफेरोमा यसै वर्ष (२०७८) देखी  प्रदान गरिने छ ।


Advertisement

यससँगै स्रष्टा सम्मान अभियान अन्तर्गत शान्ति समाजद्वारा स्थापित पुरस्कारहरूको संख्या १३ पुगेको छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्