सिद्धार्थ शुक्लाको कारको पछिल्लो भागको शीशा फुटेको पाइयो, के भएको थियो ?

भारतीय टीभी कलाकार सिद्धार्थ शुक्लाको निधन हृदयघातका कारण भएको मुम्बईस्थित कूपर अस्पतालका चिकित्सकहरूले पुष्टि गरेका छन् । 


Advertisement

सिद्धार्थले बुधवार राति सुत्नुअघि औषधि खाएको र त्यसपछि उनी बिहान नउठेको बताइएको छ । 


Advertisement

अनि बुधवार राति सिद्धार्थ बीएमडब्ल्यू कार चढेर आफ्नो फ्ल्याट पुगेका थिए । त्यस कारको पछिल्लो भागको शीशा नराम्ररी फुटेको छ । 

कारको हालत देख्दा सिद्धार्थले राति कसैसँग झगडा गरेको शंका हुन्छ । 


Advertisement

तर उनको परिवारले कुनै किसिमको आशंका व्यक्त नगरेको प्रहरीले जनाएको छ । उनको पोस्टमोर्टम रिपोर्टको प्रतीक्षा गरिएको छ । 

सिद्धार्थको निधनपछि बलिउड शोकाकुल छ । उनका प्रशंसकहरू पनि आँसु बगाइरहेका छन् । 

४० वर्षीय सिद्धार्थ तीन दाजुभाइ दिदीबहिनीमध्ये कान्छा हुन् । उनी आफ्नी आमाको नजिक थिए । आमाकै कारण उनी मोडलिङ क्षेत्रमा प्रवेश गरेका थिए र पछि अभिनयमा लागेका थिए । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्