सर्वोच्चको आदेश : प्रधानन्यायाधीशको सहभागितासम्बन्धी रिट टुंगो नलागेसम्म संवैधानिक इजलासका मुद्दा अघि नबढाउनू

सर्वोच्च अदालतले संवैधानिक इजलासमा प्रधानन्यायाधीश बस्नैपर्ने मागसहित परेको रिटको अन्तिम टुंगो नलागेसम्म संवैधानिक इजलासमा भइरहेका सुनुवाइहरू  अगाडि नबढाउन आदेश दिएको छ ।


Advertisement

न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले संवैधानिक इजलासमा प्रधानन्यायाधीशको सहभागितासम्बन्धी रिटको अन्तिम टुंगो नलागेसम्म संवैधानिक इजलासमा भइरहेका मुद्दाहरूको सुनुवाइ नगर्न आदेश दिएको हो । 


Advertisement

आदेशको जानकारी आजै विपक्षीहरूलाई गराउनू भनी आदेश गरिएको छ ।

नैतिकताको प्रश्न उठेपछि संवैधानिक नियुक्तिविरुद्धका रिटहरूमाथिको सुनुवाइमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नबस्ने निर्णय भएको थियो ।


Advertisement

पेशी तोक्ने दिन र फैसलाको दिन प्रन्या जबरा अनुपस्थित रहने निर्णयभएपछि भोलिदेखि ती रिटहरूमाथि निरन्तर सुनुवाइ हुने अपेक्षा गरिएको थियो ।

सामान्यतया संवैधानिक इजलास शुक्रवार बस्ने गरेको छ । 
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्