आफ्नो ‘होमटाउन’ पुगेर खेती गर्छन् नवाजुद्दिन !

आफ्नो ‘होमटाउन’ पुगेर खेती गर्छन् नवाजुद्दिन !

बलिउड अभिनेता नवाजुद्दिन सिद्धिकी अहिले आफ्नो घर बुढानामा छन् । लकडाउनपछि धेरै समय उनले बुढानामा बिताउने गर्छन् । 


Advertisement

उनले आफ्नो धेरै कामहरू घरबाटै गर्न शुरू गरेका छन् । 


Advertisement

नवाजुद्दिनले भने, ‘लकडाउनपछि धेरै समय बुढानामा बिताउने गरेको छु । मुम्बईमा काम ठप्प भएपछि घर आएँ । यसपछि मेरो केही समय आमासँग बिताउने गरेको छु र  फेरि फर्किने गर्छु ।’

मुम्बईमा केही काम भएन भने आफू यतै बस्ने गरेको उनी बताउँछन् । ‘यसैक्रममा एक वर्ष सकियो, मलाई महसुस भयो कि म होमटाउनमा कति धेरै खुशी हुने रहेछु,’ उनले भने । 


Advertisement

उनले आफ्नो होमटाउनमा रहेर खेती पनि गर्ने गरेका छन् । ‘पेशाका रुपमा म कलाकार हुँ तर मनभित्रबाट किसान,’ उनले भने । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्