मांसाहारीको तुलनामा शाकाहारीले सात गुणा बढी अपान वायु छोड्छन् : अध्ययन

एक नयाँ अध्ययनमा शाकाहारी पुरुषहरू मांसाहारी पुरुषको तुलनामा बढी पाद्ने एक नयाँ अध्ययनले देखाएको छ ।


Advertisement

स्पेनको बार्सिलोनामा रहेको लिभर यान्ड डाइजेस्टिभ डिजीजेज नेटवर्किङ बायोमेडिकल रिसर्च सेन्टरका अनुसन्धाताहरूले यस्तो निष्कर्ष निकालेका हुन् । 


Advertisement

उनीहरूको अध्ययनमा १८ जना स्वस्थ पुरुषलाई समावेश गरिएको थियो । शाकाहारी पुरुषहरूले मांसाहारीको तुलनामा दिनको सातगुणा बढी अपान वायु छोड्ने र उनीहरूले दिसा पनि धेरै गर्ने पाइएको छ । 

यो राम्रो कुरा भएको अनुसन्धाताहरूको भनाइ छ किनकि पाद्नु र ठूलो दिसा गर्नु पेटको स्वस्थ ब्याक्टेरियाको संकेत हो । 


Advertisement

‘पश्चिमी मुलुकहरूमा पाद्नुलाई नराम्रो कुरा मानिन्छ तर त्यो बिल्कुल गलत धारणा हो,’ न्यु साउथ वेल्स विश्वविद्यालयकी अनुसन्धाता रोजमेरी स्ट्यान्टनले न्यु साइन्टिस्ट पत्रिकालाई बताइन् । 

‘स्वस्थ खाना खाएको र स्वस्थ कोलोन भएको संकेत पादले दिन्छ ।’

अध्ययनमा १८ देखि ३८ वर्षसम्मका १८ जना स्वस्थ पुरुषलाई सहभागी गराइएको थियो । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्