नरिवलको बोक्रोको मास्क लगाउने व्यक्तिलाई दिइयो अनौठो सजाय (भिडियो)

कोरोनाकालमा सबैको अनुहारमा मास्क देख्न सकिन्छ । तर मास्कका अनौठा विकल्पहरू पनि यदाकदा देख्न पाइन्छ । 


Advertisement

इन्डोनेसियामा एकजना व्यक्तिले नरिवलको बोक्राको मास्क लगाएको तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । 


Advertisement

बालीको देनपासारमा बस्ने नेनगाह बुडियासाले नरिवलको बोक्रोको मास्क बनाएका हुन् । मास्कमै उनले सिट्ठी पनि फिट गरेका छन् । 

उनी कार पार्किङ गराउने कर्मचारी हुन् । 


Advertisement

कोरोनाविरुद्धको सुरक्षा मापदण्ड पालन नगरेको भन्दै उनलाई प्रहरीले सजाय दिएको छ । 

उनलाई ठाउँको ठाउँ पुशअप गर्न लगाइएको थियो । त्यसपछि सार्वजनिक व्यवस्था निकायले उनलाई सही मास्क समेत दिएको थियो । 

मास्क लगाएर सिट्ठी फुक्न गाह्रो हुने भएकाले आफूले नरिवलको बोक्रोबाट मास्क बनाएको बुडियासाको तर्क छ । 

पार्किङ लटमा मात्र यस्तो मास्क प्रयोग गर्ने गरेको र ड्युटी सकिएलगत्तै त्यसलाई धुने गरेको उनले बताए । 

तर सरकारले भनेबमोजिमको सर्जिकल मास्क सबैले लगाउनुपर्ने हुन्छ । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्