बक्सिङ रिङमा भिड्ने हो भने बाइडनलाई एकछिनमा ढालिदिन्छु : ट्रम्प (भिडियो)

अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले बक्सिङ खेल्ने हो भने जो बाइडनलाई केही सेकेन्डभित्र ढलाइदिने फुर्ती लगाएका छन् । 


Advertisement

ट्रम्पले इभान्डर होलीफील्ड र भिटोर बेल्फोर्टबीचको बक्सिङ म्याचमा ट्रम्पले एमसी गर्ने भएका छन् । उक्त खेल शनिवार मायामीस्थित सेमीनोल हार्ड रक होटलमा खेलिनेछ । 


Advertisement

खेलअगाडिको पत्रकार सम्मेलनमा ट्रम्पले फुइँ लगाएका हुन् । 

७५ वर्षका ट्रम्प बाइडनभन्दा जम्मा तीन वर्ष कान्छा छन् । उनलाई कोसँग बक्सिङ गर्न मन छ भनी सोधिएको थियो । 


Advertisement

उनले उत्तर दिए, ‘म व्यावसायिक बक्सरहरूसँग त भिड्ने छैन किनकि त्यो खतरनाक काम हो । जो बाइडनसँग भिड्न पाएँ भने चाहिँ भिड्छु ।’

‘उनलाई त म एकछिनमा ढालिदिन्छु । शुरूकै केही सेकेन्डमा उनी ढल्छन् जस्तो लाग्छ ।’

सन् २०१८ मा बाइडनले ट्रम्पलाई बेस्सरी कुट्ने भनी बयान दिएका थिए । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्