एमाले छाड्न चाहने २ सांसदको मागमा अन्तरिम आदेश दिने/नदिनेबारे भदौ २९ मा सुनुवाइ हुने

एमालेबाट नेकपा (एकीकृत समाजवादी) पार्टीमा समाहित हुन पाउनुपर्ने माग गर्दै दुई सांसदले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।


Advertisement

सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश मीरा खड्काको एकल इजलासले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको हो ।


Advertisement

साथै अन्तरिम आदेशका लागि भदौ २९ गते दुवै पक्षलाई बोलाउने आदेश पनि भएको छ । आदेशमा सो मितिसम्म विपक्षीहरूलाई कुनै कारवाही नगर्न समेत भनिएको छ ।

 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्