नेप्सेमा झिनो अंकको वृद्धि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमवार झिनो अंकले उकालो लागेको छ ।


Advertisement

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ०.२७ विन्दुले उकालो लागेर २ हजार ९४७.६९ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने ‘सेन्सेटिभ इन्डेक्स’ ०.५५ विन्दुले बढेर ५४८.८७ मा पुगेको छ ।


Advertisement

कूल २२६ कम्पनीको १ करोड ५६ लाख ८१ हजार १८४ कित्ता शेयर ९ अर्ब २९ करोड ५ लाख ५४ हजार १५५ मूल्यमा खरिद बिक्री भए ।

सोमवारको कारोबारपछि बजार पूँजीकरण ४१ खर्ब २५ अर्ब ४६ करोड ८६ लाख ४० हजार बराबर पुगेको छ ।


Advertisement

कारोबार भएका कूल १३ उपसमूहमध्ये सात उपसमूहको शेयर उकालो लागेको छ भने ६ उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ १६.८१, व्यापार २९.५३, होटल तथा पर्यटन ४.१३, विकास बैंक ४.३५, वित्त २.५, निर्जीवन बीमा १९८.८६ र जीवन बीमा ८५.८४ विन्दुले बढेको छ ।

जलविद्युत् ९०.५६, उत्पादन ९३.८, अन्य ८.१७, लघुवित्त ३१.०४, सामूहिक लगानी कोष ०.०२ र लगानी ०.६४ विन्दुले घटेको छ ।

कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । कम्पनीको ६१ करोड ९३ लाख ५० हजार ७९३ बराबरको कारोबार भयो । युनाइटेड मोदी हाइड्रोपावर ४७ करोड ५७ लाख ७४ हजार ५८३, नेसनल हाइड्रोपावर ३४ करोड ३० लाख १५ हजार ९७०, नबिल बैंक ३० करोड ७३ लाख ५६ हजार ७८२ र अपि पावर २८ करोड ३५ करोड ५४ हजार ४५५ रुपैयाँ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ ।

नेप्सेमा अजोड अजोड इन्स्योरेन्स, मनकामना स्मार्ट लघुवित्त, सानिमा लाइफ इन्स्योरेन्सको शेयरमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । युनाइटेड इदी मर्दी हाइड्रोपावर ४.१६ र एनआरएन इन्फ्रस्ट्रक्चरको शेयरधनीले ४.०७ प्रतिशतले कमाए । कालिका पावर कम्पनी ६.४७, रैराङ हाइड्रोपावर ५.६२, ग्रीनलाइफ इन्स्योरेन्स ५.३६, यूनिभर्सल पावर ५.१३  र माउन्टेन हाइड्रो नेपालका शेयरधनीले ५.०४ प्रतिशतले गुमाए ।

कमेन्ट गर्नुहोस्