इजरायल भाषा परीक्षाको नतिजा आउन बढीमा ४ दिन लाग्ने

इजरायलमा सुसारे (केयरगिभर)  रूपमा  इजरायलमा  रोजगारीका लागि जाने श्रमिक छनोट गर्न अङ्गे्रजी भाषा परीक्षा  सोमबार  सम्पन्न  भएको  छ।  सरकारी तवरबाट  इजरायलमा  रोजगारीका  लागि  जाने श्रमिक  छनोटका  लागि  भएको  परीक्षामा  सात हजार सात जना सहभागी भएका थिए।


Advertisement

वैदेशिक  रोजगार  विभागका  अनुसार रोजगारीका  लागि  आवेदन  दिएका  नौ  हजार ६९९ मध्येबाट भाषा परीक्षामा सात हजार सात जना  सहभागी  भएका  छन्  भने  ६९२  जना परीक्षामा अनुपस्थित छन्। सहभागीमध्ये  तीन  हजार  ७२७  पुरुष  र तीन हजार २८२ जना महिला रहेको विभागले जनाएको  छ। 


Advertisement

विभागका  निर्देशक  एवं  प्रवक्ता कमल  ज्ञवालीले  परीक्षाफल  छिटोमा  दुुई  दिन र बढीमा तीन÷चार दिनभित्रमा सार्वजनिक हुने जानकारी  दिए । गोरखापत्रमा खबर छ ।

 


Advertisement

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्