बालदिवस (लघु कथा)

अच्युत मान सिंह प्रधान "उत्सुक"


Advertisement

बिहानको झिसमिस नहुदै नगरपालिकाका केहि कर्मचारीहरु आएर फुटफाटमा सुतिरहेका सडक बालबालिकाहरुलाई उठाउन्छन्। अनायाश आफुहरुलाई कसैले उठाएको उनिहरुले चाल पाउन्छ। अनि आखा मिच्दै हतपत आफ्नो ओधने र ओछ्याउने थोत्रो बोरा बोकि भाग्न खोज्छन्। यो उनिहरुको दैनिकि नै भै सकेको छ। किनकि प्रत्येक झिसमिस बिहान नगरपालिकाको कर्मचारिहरु आई यसरि लखेत्न आई पुग्छन्। अनि उनिहरु यसै गरि कुलेनम भाग्नु पर्छ। त्यसैले उनिहरुलाई यसरि भाग्ने अभ्यास नै भै सकेको छ।


Advertisement

तर आज ति कर्मचारिहरुले उनिहरुलाई भगाउन आएका नभई कतै लग्नको लागि लिन आएका हुन्। भाग्न लागेका बालबालिकाहरुलाई उनिहरुले रोक्न खोज्छन्। झन् बालबालिकाहरु अतालिएर भाग्छन्। ति कर्मचारिहरुले घेराउ गरेर उनिहरुलाई नियन्त्रनमा लिन्छन्। ति बालबालिकाहरु भने झन् कोलाहल गरेर रुन्छन्। तब ति कर्मचारिहरुले ति बालबालिकाहरुलाई सम्झाई बुझाई गरेर मिठाई, खैलौना अनि लुगा दिएर फगाउन्छन्। सधै हपार्ने, गालि गरेर लखेत्नेहरु आज माया गरेको देखेर ति बालबालिकाहरु अचम्ममा पर्छन्। आज किन यस्तो राम्रो ब्यबहार गरि रहेका छन्? उनिहरुको बाल मस्तिस्कले बुझन् सक्दैन ।

तर उनिहरुलाई आज किन यस्तो ब्यबहार गरिरहेका हुन् बुझने मतलब पनि भएन्। आफुहरुले मिठाई, खैलौना अनि राम्रो लुगा पाए पछि सबै मख्ख पर्छन्। त्यस् मध्यका एक कर्मचारिले सबैलाई छितो छितो मिठाई खाई नया लुगा लगाउने उर्दि जारि गर्छन्। सायद ति कर्मचारि उनिहरुको नाइके हुन् सक्छ। सबै बालबालिकाहरु फताफत मिठाई खान्छन, अनि हतपत् लुगा लगाउन्छन्। त्यस पछि उनिहरु सबैलाई गाडिमा राखेर कतै लान्छन्।


Advertisement

उनिहरुलाई कुनै एउटा भब्य झकि झकाउ समारोह स्थलमा पुर्याउन्छन्। सबैलाई एक एक गरि गाडिबाट ओराल्छन्। अनि लाइनमा राखि कार्यक्रमस्थलमा लग्छन्। उनिहरु सबैलाई हातमा एक एक ओटा फुलको गुच्छा दिन्छन्। “जब अतिथि समारोह स्थलमा पुग्छ्, तब तिमिहरु सबैले यो फुलको गुच्छा एक एक ओटा दिई स्वागत गर्नु” भनि सिकाउन्छ र उनिहरुलाई लाईनमा लगाउन्छन्।

झन्दै एक घन्टा कुरे पछि उनिहरु सामु एउटा चिल्लो गाडि रोकिन्छ्। गाडिबाट एकजना सुकिलो कपदा लगाएको ब्यक्ति ओर्लन्छन्। साथमा एक जना हतियारधारि सैनिक पनि हुन्छ्। अघि उनिहरुलाई सिकाए जस्तै गरि गरेर गाडिबाट ओर्लेका अतिथिको हातमा आ-आफ्नो हातमा भएको फुलको गुच्छा क्रमै सन्ग निहुरेर दिन्छन्। उनिहरुले स्वागत गरेको अतिथि को हो? उनिहरुले अतिथिलाई चिन्दैनन्। सन्धै चिल्ला, मह्गो कालो सिसादार गाडिमा सबारि हुने लाई चिनोस् पनि कसरि? आजको प्रमुख अतिथि बालबालिका मन्त्रि थियो।

फोतोग्राफरहरु धमाधम फोतो अनि भिदियो खिच्न थाल्छन्। त्यसपछि सबै समारोहस्थल तर्फ प्रस्थान गर्छन्। ति बालबालिकाहरुलाई पनि क्रमै सन्ग गद्दिदार नरमदार् मुलायम कुर्सिमा बसाल्छन्। उनिहरु सबै बिस्तारै मुलायम कुर्सिलाई हातले सुमसुम्याउन् थाल्छन्। सडकको बिझाउने कदा कदा भुईमा बस्ने अनि सुत्ने उनिहरुलाई यस्तो मुलायम कुर्सिमा बस्न पाउदा अचम्ममा पर्नुका साथै निकै खुशि नलागोस् पनि किन?

आज उनिहरु निकै नै खुशि देखिन्छन्। खुशि नदेखुन पनि किन सन्धै सडकमा मागेर, फोहरमा प्लास्तिक बतुल्ने, अनि सबैले हेला गर्ने उनिहरुलाई आज मिठा खानेकुरा खाएर, राम्रो लुगा लगाएर मुलायम कुर्सिमा मस्त सन्ग बस्न पाएका छन्।  

उनिहरु आरामदायि मेचमा खुत्ता हल्लाएर भिडमा बसेका सबैलाई मुस्काएर हेरि रहन्छन्। कार्यक्रमस्थलमा भएका श्रोताहरुले अतिथिले बोलेको प्रत्येक कुरा तालि बजाएर समर्थन गर्छन्। तब ति बालबालिकाहरुले पनि खुशि भै तालि बजाउन्छन्। अतिथिले के बोले उनिहरुले के बुझे तर पनि श्रोताहरुले जे गरे त्यसै गर्थे।

अतिथिले बोलेको कुरा उनिहरुले भुझ्दैनन् पनि त्यता तर्फ उनिहरुलाई ध्यान पनि छैन्। केवल “आज बालदिबस”, “आजका बालबालिका भोलिका देशका कर्नधार हुन्” यस्तै यस्तै केहि शब्दहरुमात्र उनिहरुले सुन्छन, तर उनिहरुलाई यसको अर्थ बुझ्दैनन्।

समारोह सके पछि उनिहरुलाई पेत भरि मिठा मिठा खानेकुरा खुवाई अघि उनिहरुलाई ल्याएको गाडि मै राखि जहा बाट ल्याएको हो उतै छोडि दिन्छन्। अब उनिहरु स्वतन्त्र भए। अनि उनिहरुले सबै खुशि मानि उफ्रि उफ्रि नाच्छन्, गाउन्छन्। उनिहरुले केहि पनि बुझेका छैनन्, आज के हो? किन आज उनिहरुलाई यसरि मानेर माया गरेका हुन? उनिहरुको बाल मस्तिस्कले यो कुरा बुझ्न सकदैनन्।

यो उनिहरुलाई चाहिने पनि थिएन्, केवल् थियो त आज उनिहरुले पेट भरि मिठा मिठा खानेकुरा खान पाए। अनि खैलौना, राम्रा राम्रा लुगा लगाउन पाए, गद्दिदार नरम कुर्सिमा बस्न पाए। केहि समय भए पनि उनिहरुले माया पाए। जुन कुराहरु आज सम्म पनि उनिहरुले पाएको थिएन्। यहि नै उनिहरुलाई प्रशस्त थियो।

 

 

 


 

 

 

 

कमेन्ट गर्नुहोस्