सांसदद्वय पाण्डे र भट्टले माधव नेपालको पार्टी रोज्न पाउने, कारवाही नगर्न सर्वोच्चको अन्तरिम आदेश

सांसदद्वय सोमप्रसाद पाण्डे र शारदादेवी भट्ट माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा समाहित हुन पाउने भएका छन् ।


Advertisement

सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको इजलासले सांसदद्वय नेकपा एसमा सहभागी हुन पाउने गरी अन्तरिम आदेश जारी गरेको हो ।


Advertisement

साथै सर्वोच्चले यो रिटको अन्तिम टुंगो नलागेसम्म नयाँ पार्टीमा सामेल हुन पाउने उनीहरूको हकमा प्रतिकूल असर पुग्ने कुनैपनि कारवाही नगर्न पनि आदेश दिएको छ ।

निर्वाचन आयोगले नेकपा एसको सांसदको रूपमा सनाखत गर्न नमानेपछि पाण्डे र भट्टले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्