नेप्सेमा दोहोरो अंकको गिरावट

प्रतिकात्मक तस्वीर

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलवार दोहोरो अंकले ओरालो लागेको छ ।


Advertisement

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १८.५४ विन्दुले ओरालो लागेर २ हजार ९२९.२८ मा ओर्लिएको छ । 


Advertisement

ठूला कम्पनीको शेयर कारोवार मापक सेन्सेटिभ परिसूचक ३.२१ विन्दुले ओरालो लागेर ५४५.६६ मा ओर्लिएको छ ।

नेप्सेसँगै कारोबार रकम समेत घटेको छ । कूल २२२ कम्पनीको १ करोड ६ लाख ३९ हजार ८२६ कित्ता शेयर ५ अर्ब १९ करोड ५२ लाख ९५ हजार ४४३ मूल्यमा खरिद बिक्री भए ।


Advertisement

मंगलवारको कारोबारपछि बजार पूँजीकरण ४० खर्ब ९९ अर्ब ५१ करोड ७२ लाख ४० हजार रुपैयाँको हाराहारीमा रहेको छ ।

कारोबार भएका १३ वटै उपसमूहको शेयर समेत ओरालो लागेको छ । त्यसमा बैंकिङ ४.१, व्यापार २२.५९, होटल तथा पर्यटन १७.४६, विकास बैंक ६६.८४, जलविद्युत् ३०.८३, वित्त २६.६७, निर्जीवन बीमा २७७.८६, उत्पादन ६७.३९, अन्य ८.७१, लघुवित्त २८.६२, जीवन बीमा १४४.६८, सामूहिक लगानी कोष ०.०३, लगानी ०.७८ विन्दुले ओरालो लागेको छ ।

कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । कम्पनीको २७ करोड ३ लाख ७० हजार ५२४ रुपैयाँ बराबरको कारोबार भयो । रैराङ हाइड्रोपावर २२ करोड ७९ लाख ८१ हजार, युनाइटेड मोदी हाइड्रोपावर २२ करोड ३४ लाख ३२ हजार ६३८, एनआईसी एशिया बैंक १५ करोड ७३ लाख २६ हजार ५६७ र नेसनल हाइड्रोपावर ११ करोड ८७ लाख ८० हजार ६६१ रुपैयाँ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार मनकामना स्मार्ट लघुवित्त र सानिमा लाइफ इन्स्योरेन्सको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । रैराङ हाइड्रोपावर ५.०४, एनआईबीएल समृद्धि फण्ड एक ३.९४ र कालिका माइक्रोक्रेडिटका लगानीकर्ताले ३.४६ प्रतिशतले कमाए ।

राष्ट्रिय बीमा कम्पनी ५.५६, सिटिजन म्यचुअल फण्ड ३.७७, लाइफ इन्स्योरेन्स कम्पनी ३.६४, अजोड इन्स्योरेन्स ३.५० र एनआरएन इन्फास्ट्रक्चरको शेयर धनीले ३.२० प्रतिशतले गुमाए ।

कमेन्ट गर्नुहोस्