राष्ट्र बैंकले बढायो बैंक खाताबाट वालेटमा गर्ने कारोबारको सीमा

नेपाल राष्ट्र बैंकले विद्युतीय वालेटको माध्यमबाट गरिने रकमान्तर तथा भुक्तानीको सीमा बढाएको छ। मंगलबार एकीकृत निर्देशन-२०७८ जारी गर्दै राष्ट्र बैंकले सीमा बढाएको हो । 

राष्ट्र बैंकले खाताबाट वालेट र वालेटबाट अन्य बैंक खातामा प्रतिकारोबार ५० हजार रुपैयाँ र प्रतिमहिना १० लाख रुपैयाँ तोकिदिएको छ। यसअघि यो सीमा प्रतिकारोबार २५ हजार रुपैयाँ र प्रतिमहिना पाँच लाख रुपैयाँ थियो। 


Advertisement

यस्तै, यसअघि वालेटमा अधिकतम २५ हजार रुपैयाँभन्दा बढी मौज्दात ओभरनाइट राख्न नपाइने व्यवस्थालाई बढाउँदै ५० हजार रुपैयाँ पुर्‍याइएको छ। यो सीमा भन्दा बढी रहेको रकम अनिवार्य रुपमा ग्राहकको सम्बन्धित बैंक खातामा जम्मा हुने व्यवस्था मिलाउन निर्देशन दिएको छ। यसअघि यो व्यवस्था थिएन।


Advertisement

संस्थागत ग्राहक र एजेन्टबाहेक प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा १० पटकसम्म मात्रै जम्मा गर्न सक्ने व्यवस्था गरेको छ।

राष्ट्र बैंकले अनुमतिपत्र प्राप्त संस्थाहरुले पान लिएका एकल स्वामित्वमा सञ्चालित व्यवसायीको नाममा बैंक तथा वित्तीय संस्थामा रहेको बचत खातामा रकमान्तर हुने गरी क्यूआर कोड उपलब्ध गराउन सक्ने नयाँ व्यवस्था गरेको छ। तर, पान नलिएका दैनिक पाँच हजार रुपैयाँसम्मको व्यापारिक कारोबार गर्ने प्राकृतिक व्यक्ति/खुद्रा व्यापारीको हकमा आधिकारिक परिचयपत्रको आधारमा निजको नाममा मर्चेन्टको रुपमा क्यूआर कोड उपलब्ध गराउन सक्ने व्यवस्था गरेको छ।  


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्