धितोपत्र बोर्डको जिम्मेवारी गिरीलाई

अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डको नेतृत्व कार्यकारी निर्देशक निरज गिरीलाई दिएको छ ।


Advertisement

मन्त्रालयले बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना निलम्बनमा परेको अवस्थामा बोर्डको जिम्मेवारी गिरीलाई दिएको हो ।


Advertisement

सर्वोत्तम सिमेन्ट खरिद प्रकरणमा मुछिएपछि त्यससम्बन्धी छानबिन गर्न मन्त्रिपरिषद्ले समिति गठन गरेसँगै ढुंगाना निलम्बनमा परेका थिए ।

ढुंगाना निलम्बनमा परेको दुई सातापछि बोर्डको जिम्मेवारी गिरीले सम्हाल्ने भएका हुन् ।


Advertisement

मन्त्रालयले जिम्मेवारी दिएपछि गिरीले बोर्डको दैनिक प्रशासनसँगै बोर्ड बैठक समेत बोलाउन सक्नेछन् ।

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्