सुदूरपश्चिम : एकीकृत समाजवादीको दल नेतामा सोडारी

नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी, सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको नेतामा दीर्घबहादुर सोडारी चयन भएका छन् ।


Advertisement

प्रदेशसभा सदस्य तारालामा तामाङ आज बसेको संसदीय दलको बैठकले प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री सोडारीलाई सर्वसम्मतरूपमा दलको नेता चयन गरेको हो ।  “आजको संसदीय दलको बैठकले दलको विधान पारित गरेको छ, दलको नेतामा दीर्घबहादुर सोडारीलाई सर्वसम्मतरूपमा चयन गरिएको छ ।” उनको भनाइ छ ।
 
     दलको नेताका लागि सोडारी, तामाङ, पार्टीका केन्द्रीय सदस्य एवं आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशी र केन्द्रीय सदस्य माया भट्ट आकांक्षी थिए । एमालेबाट निर्वाचित १४ जना प्रदेशसभा सदस्यले नवगठित पार्टीको पक्षमा सनाखत गराएपछि एकीकृत समाजवादी प्रदेशसभामा सबैभन्दा ठूलो दल बनेको छ ।


Advertisement

 


Advertisement

कमेन्ट गर्नुहोस्