विमानस्थलबाट २ करोड बढीको सुन बरामद

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले २ करोड बढी मूल्यको सुन बरामद गरेको छ । श्री एयरलाइन्सको विमानबाट विराटनगर जान लागेका दुई यात्रुको साथबाट अवैध सुन बरामद भएको हो ।
आन्तरिक उडानतर्फको ह्याण्ड ब्यागेज चेकिङ एरियाको एक्सरे मेसिनमा चेकजाँच गर्ने क्रममा बोध राज भण्डारी र  मुरारी राज अधिकारी साथबाट २ करोड २४ लाख ९२ हजार ३९७ रुपैयाँ बराबरको सुनका गहना बरामद भएको हो ।
सुनको  कुल  तौल ३ किलो ३६० ग्राम रहेको बताइएको छ । यसबारे थप अनुसन्धान भइरहेको विमानस्थल प्रहरीले जनाएको छ।  


Advertisement

 


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्