प्रदेश १ - ३९० जनामा कोरोना सङ्क्रमण

पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ३९० मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एक हजार २३० को पीसीआर परीक्षण गर्दा २८२ र ५३५ को एन्टिजेन परीक्षण गर्दा १०८ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


Advertisement

     मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १०२ मध्ये विराटनगरमा ४४, झापामा १०१, सुनसरीमा ६१, इलाममा आठ, ताप्लेजुङ, धनकुटा र उदयपुरमा दुई÷दुई, पाँचथर र खोटाङमा एक÷एक  र प्रदेशबाहिरका दुई जनामा सङ्क्रमण देखिएको हो ।    


Advertisement

    प्रदेशमा आजै ३२८ कोरोना सङक्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १६९ महिला र १५९ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्