सुदूरपश्चिम पुगेर भीम रावलले भने–एमाले एकढिक्का छ

नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले एमाले विभाजन रोक्नका लागि नै १० बुँदे सहमति भएको बताएक छन् ।
आज सुदूरपश्चिमको धनगढीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले १० बुँदे सहमति कार्यान्वयन भएर एमाले एक ढिक्का हुने बताए । उनले जनताको भावना र कम्युनिष्ट आन्दोलन सम्झेर नै १० बुँदे सहमति भएकाले सो सहमतिअनुसार देशका धेरै जिल्लामा कार्यान्वयन भएको जिकिर गरे ।
    
उनले अहिले एमालेमा आएको समस्या ०५४ सालको पार्टी फुटभन्दा सानो भएकाले यसबाट पार्टीलाई धेरै ठूलो समस्या नहुने जिकिर गरे ।


Advertisement

उनले आफू अहिले पनि एमाले पार्टीको उपाध्यक्ष र प्रदेश संयोजक भएको दाबीसमेत गरे ।


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्