लक्ष्मी बैंकको १३६ औं शाखा पोखराको बिरौटामा

लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आफ्नो १३६ औं शाखा कास्की जिल्लाको पोखरा महानगरपालिका–१७ को बिरौटामा सञ्चालनमा ल्याएकोे छ ।


Advertisement

शाखामार्फत बैंकले ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीमाझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य राखेको छ ।


Advertisement

नयाँ शाखाको शुरूआतसँगै लक्ष्मी बैंकको शाखा सञ्जाल ४९ जिल्लामा १३६ शाखा, ७ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १६६ एटीएम, २५०० भन्दा बढी रेमिट्यान्स एजेन्ट तथा ६३ शाखारहित बैंकिङ एजेन्टहरू पुगेका छन् ।

शाखाका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको जनाइएको छ । सुविधाजनक बचत खाता योजना, मुद्धति निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त लगायतका वित्तीय सेवाको बढ्दो मागलाई पूरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रमा आक्रामक रूपमा आफ्नो शाखा सेवा विस्तार गर्दै आएको बैंकले जनाएको छ ।


Advertisement

‘शाखाको विस्तारसँगै बैंकले ग्राहकलाई उनीहरूकै रोजाइको माध्यम अर्थात् शाखा कार्यालय, इन्टरनेट बैंकिङ र मोबाइल फोनमार्फत बैंकिङ सेवा प्रदान गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीतिअनुरूप महत्त्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ,’ बैंकद्वारा प्रेषित विज्ञप्तिमा उल्लेख छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्