बाजा बजाएर घरघर जाँदा पनि उठ्न सकेन महानगरको कर

 


Advertisement

राजनीतिकलगायत विभिन्न शक्ति केन्द्रको दबाबका कारण काठमाडौं महानगरपालिकालाई कर उठाउन सकस परेको छ । निकै तामझामका साथ बाजा बजाएर कर संकलन गर्न थालेको महानगरलाई राजनीतिक नेतृत्व र ठूलाबडाको दबाब थेग्न गाह्रो परेको छ । त्यसले गर्दा अपेक्षितरूपमा कर संकलन हुन नसकेको बताइएको छ ।


Advertisement

महानगरले करिब ७० सरकारी र अन्य निकायलाई कर तिर्न ताकेता गर्दै पत्र पठाएको थियो । पत्र बुझेर पनि कर तिर्न अटेर गरेपछि २८ वर्षदेखि कर तिर्न अटेर गरेका करदातालाई ३० दिनभित्र कर तिर्न आग्रह गर्दै करदाताको कार्यालयमै पुगेर माइकिङ गरेको थियो । माइकिङ गर्दा पनि केही उपाय नलागेपछि बाजाजागासहित कर तिर्न आग्रह गरेको थियो ।

कामनपा राजस्व विभाग प्रमुख डा शिवराज अधिकारी भन्छन्– ‘सकेसम्म प्रयास गर्दा पनि हालसम्म झन्डै ५ करोड रुपियाँ मात्र असुली भएको छ ।’ उनका अनुसार ती निकायसँग करिब ६० करोड रुपियाँ कर असुल्न बाँकी छ । नेपाल समाचारपत्रमा खबर छ ।


Advertisement

 

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्