१४ रोहिंग्या शरणार्थी पक्राउ

नेपालमा अवैधरूपमा नेपाल प्रवेश गरेका म्यानमारका १४ रोहिंग्या शरणार्थी काठमाडाैँको बौद्धबाट पक्राउ परेका छन् ।


Advertisement

उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हरि पालले ती रोहिंग्या बंगलादेशबाट भारत हुँदै नेपाल प्रवेश गरेको हुन सक्ने बताए । ती रोहिंग्या शरणार्थी कसरी नेपाल प्रवेश गरे भन्ने बारेमा खोजी भइरहेको जानकारी दिँदै उनले भने– ‘नेपालमा यसअघि रहँदै आएका रोहिंग्या शरणार्थी बस्दै आएको कपनतर्फ जान लागेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो ।’


Advertisement

प्रहरीले उनीहरू दलालमार्फत बंगलादेशबाट स्थलमार्ग हुँदै झापाको काँकडभिट्टा सीमानाकाबाट नेपाल प्रवेश गरेको आशंकामा दलालको समेत खोजी गरिरहेको बताएको छ । नेपाल समाचारपत्रमा खबर छ ।


Advertisement

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्