११ दिनदेखि भारतमा पेट्रोल तथा डिजेलको मूल्य स्थिर

 भारतीय बजारमा विगत ११ दिनदेखि पेट्रोलियम पदार्थको मूल्य स्थिर रहेको छ ।


Advertisement

बिहीवार (आज) पनि भारतमा पेट्रोलियम पदार्थको मूल्य स्थिर बनेको  इन्डियन आयल कर्पोरेशनले जानकारी दिएको छ । 


Advertisement

कर्पोरेशनका अनुसार, ११ दिन अघिदेखि हालसम्म डिजेलको मूल्य पनि परिवर्तन भएको छैन ।

हाल दिल्लीमा पेट्रोल प्रतिलिटर १ सय १ रुपैयाँ १९ पैसा भारतीय रुपैयाँ र डिजेल प्रति लिटर ८८ रुपैयाँ ६२ पैसा भारतीय रुपैयाँमा पाइन्छ । 


Advertisement

भारतीय बजारमा पेट्रोलको मूल्य घटबढ हुँदा नेपाली बजारमा पनि असर पर्दछ । 

केही दिनअघि देखि काठमाडौंमा पेट्रोलको मूल्य १ सय ३० रुपैयाँ प्रतिलिटर रहेको छ भने डिजेल १ सय १३ रुपैयाँ प्रति लिटर रहेको छ । 
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्