शिल्पाका पति राजविरुद्ध चार्जसिट फाइल, साक्षीमा शिल्पा र शर्लिनको नाम पनि

शिल्पाका पति राजविरुद्ध चार्जसिट फाइल, साक्षीमा शिल्पा र शर्लिनको नाम पनि

बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्राविरुद्ध भारत मुम्बई पुलिसले चार्जसिट फाइल गरेको छ । 


Advertisement

१५०० पानाको चार्जसिटमा ४३ जना साक्षीको नाम दिइएको छ । यसमो शिल्पा र शर्लिन चोपडाको नाम समावेश छ । 


Advertisement

जुलाई १९ मा मुम्बईको स्पेशल क्राइम ब्रान्चको टिमले शिल्पाको घरमा गहन सोधपुछपछि राजलाई पक्राउ गरेको थियो । 

राजमाथि अश्लील चलचित्रको कारोबारमा जोडिएको आरोप छ । 


Advertisement

समाचारअनुसार चार्जसिटमा दुईजना अरु आरोपीको पनि नाम छ । यश ठाकुर उर्फ अरविन्द श्रीवास्तव जो सिंगापुरमा बसिरहेका छन् । यस्तै राजका भिनाजु प्रदीप बख्शी, जो लण्डनमा छन् । शिल्पाले पनि आफ्नो बयानमा सबै जिम्मेवार प्रदीप नै भएको बताएकी थिइन् ।

अनुसन्धानका क्रममा राजको ल्यापटपबाट मुम्बई क्राइम ब्रान्चले ६८ एडल्ट चलचित्र फेला पारेको थियो । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्