चीनको सिचुआनमा भूकम्प : तीन जनाको मृत्यु, ६० घाइते

तस्वीरः एएफपी।

चीनको सिचुआनमा शक्तिशाली भूकम्प आएको छ । 


Advertisement

भूकम्पमा परी अहिलेसम्म कम्तीमा तीन जनाको मृत्यु भएको र ६० जना घाइते भएका पुष्टि गरिएको छ ।  


Advertisement

घाइतेहरू सबैको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको अधिकारीहरूले जानकारी दिएका छन् । उनीहरूमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । 

देशको सिचुवान प्रान्तअन्तर्गत पर्ने लुक्षिन क्षेत्रमा भूकम्प आएको हो । भूकम्प प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी रहेको पनि अधिकारीहरूले जनाएका छन् ।


Advertisement

चिनियाँ भूकम्प प्रशासनले ८९० भन्दा बढी व्यावसायिक उद्धारकर्मीहरू परिचालन गरिएको र अन्य स्वयंसेवक तथा स्थानीय बासिन्दाहरू पनि खोजी तथा उद्धार कार्यमा खटिएको जनाइएको छ ।  

त्यसै गरी अरू चार हजार ६०० उद्धारकर्ताहरू तयारी अवस्थामा रहेको पनि प्रकोप व्यवस्थापन कार्यालयले जानकारी दिएको छ । 

प्रारम्भिक विवरणका अनुसार ७३७ घरहरू भत्किएका छन् भने ७२ घरको अधिकांश भाग क्षतिग्रस्त भएको छ । त्यसै गरी सात हजार २९० घरमा सामान्य क्षति भएको छ ।

खोजी तथा उद्धारसँगै क्षतिको विवरण संकलन गर्ने कार्य पनि भइरहेकाले पूर्ण विवरण आउन बाँकी नै रहेको अधिकारीहरूले जानकारी दिएका छन् । 

कमेन्ट गर्नुहोस्