अवैध सम्बन्धबाट जन्माएको शिशु हत्याको आरोपमा आमा कारागार चलान

अवैध सम्बन्धबाट जन्माएको शिशु हत्याको आरोपमा आमा कारागार चलान
प्रतिकात्मक तस्वीर

नवजात शिशुको घाँटी निमोठेर हत्या गरेको आरोपमा १ महिलालाई बिहीवार कारागार चलान गरिएको छ ।


Advertisement

डिलाशैनी गाउँपालिका–७ की ३५ वर्षीया माधवी कार्कीलाई कारागार चलान गरिएको हो । 


Advertisement

जिल्ला अदालतका न्यायाधीश तीलकबहादुर कार्कीको एकल इजलासले माधवीलाई पूर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।

भदौ ६ गते अवैध सम्बन्धबाट आफैंले जन्माएको शिशुलाई घाँटी निमोठेर हत्या गरेको कार्कीमाथि आरोप लागेको थियो । सो घटनाबारे उनको परिवारले खबर गरेपछि कार्कीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।


Advertisement

प्रहरीले कार्कीलाई कर्तव्य ज्यान मुद्दाअन्तर्गत  अदालतमा पेश गरेको थियो । कार्कीका पति १० वर्षअघि वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा छन् ।

कार्कीको गाउँकै एक किशोरसँग अवैध सम्बन्ध रहेको र उनी हाल फरार रहेको प्रहरीले जनाएको छ । उनी स्वास्थ्य स्वयंसेविकाका रूपमा कार्यरत थिइन् ।

कमेन्ट गर्नुहोस्