१ नम्बर प्रदेशसभा अधिवेशन असोज २२ गते आह्वान

१ नम्बर प्रदेश सभाको नवौं तथा हिउँदे अधिवेशन असोज २२ गते आह्वान गरिएको छ ।


Advertisement

प्रदेश प्रमुख सोमनाथ अधिकारीले असोज २२ गते दिउँसो २ बजे प्रदेश सभाको हिउँदे अधिवेशन बोलाएका हुन् ।


Advertisement

प्रदेश प्रमुख अधिकारीले संविधानको धारा १८३(१) अनुसार अधिवेशन आह्वान गरेका प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

प्रदेश सरकारले बुधवार प्रदेशसभा हिउँदे अधिवेशन आह्वानको सिफारिस गर्ने निर्णय गरेको थियो ।


Advertisement

हिउँदे अधिवेशनमा मुख्यमन्त्री भीमप्रसाद आचार्यले प्रदेश सभामा विश्वासको मत लिनेछन् । एमालेका १० जना प्रदेश सांसद नेकपा एकीकृत समाजवादीमा गएर मुख्यमन्त्री आचार्य नेतृत्वको सरकारलाई समर्थन नरहेको पत्र प्रदेशसभा सचिवालयमा दर्ता गराएपछि प्रदेश सरकार अल्पमतमा परेको छ । 

विश्वासको मत प्राप्त गर्न आचार्यलाई ४६ प्रदेश सांसदको मत आवश्यक हुन्छ । ९२ सदस्यीय प्रदेश सभामा ५१ सदस्यसहित एकल बहुमत रहेको एमालेका १० जना सांसद एकीकृत समाजवादीमा गएपछि मुख्यमन्त्री आचार्य अल्पमतमा परिसकेका छन् । 

९२ सदस्यीय प्रदेश सभामा एमालेका ४१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका १/१ जना प्रदेश सांसद छन् ।

असोज २२ गतेको बैठकमा संसदीय दलका नेताहरूले बोल्ने र २४ गतेको बैठकमा मात्रै विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य रहेका जनाइएको छ । 
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्