सालकको २५ किलो खबटासहित २ जना पक्राउ

सालकको २५ किलो खबटासहित २ जना पक्राउ
प्रतिकात्मक तस्वीर

प्रहरीले २५ किलो सालकको खबटासहित बिहीवार २ जनालाई पक्राउ गरेको छ ।


Advertisement

पक्राउ पर्नेमा रामेछाप लिखु तामाकोशी गाउँपालिका–३ बस्ने ३८ वर्षीय सोनाम तामाङ र सोही ठाउँका ३२ वर्षीय ध्यानबहादुर तामाङ रहेका छन् । 


Advertisement

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) काठमाडौंको टोलीले रामेछाप प्रहरीको सहयोगमा जिल्ला सदरमुकाम मन्थलीबाट उनीहरूलाई पक्राउ गरेको हो ।

वन्यजन्तु तथा वनस्पतिसँग सम्बन्धित अपराध अनुसन्धान तथा नियन्त्रणका लागि विशेष सूचनाका आधारमा टोली त्यहाँ पुगेको थियो । 


Advertisement

ब्युरोले बिहीवार एक सूचना जारी गरी उनीहरूलाई थप कारवाहीका लागि जिल्ला डिभिजन वन कार्यालयमा बुझाएको छ । उनीहरूको साथबाट प्रहरीले २५ किलो सालकको खबटा बरामद गरेको सीआईबीका प्रवक्ता श्यामकुमार महतोले जानकारी दिए ।

प्रहरी प्रधान कार्यालय साइबर ब्युरो भोटाहिटीले प्रविधिको दुरुपयोगबाट हुने ठगीबाट बच्नका लागि सामाजिक सञ्जालमा आउने भ्रामक कुरामा विश्वास नगरी सतर्कता अपनाउन अनुरोध गरेको छ ।

विगत केही समयदेखि व्यक्ति तथा आपराधिक समूहले प्रविधिको दुरुपयोग गरी सामाजिक सञ्जालमार्फत चिठ्ठा परेको भन्दै त्यसको कर चुक्ता गर्न भन्दै रकम माग गरेको खुल्न आएकाले त्यस्ता गतिविधिप्रति सावधानी अपनाउन प्रहरीको साइबर ब्युरोले अनुरोध गरेको छ । 

बैंक तथा अनलाइनमार्फत पैसा जम्मा गर्न लगाई ठगी गर्ने प्रवृत्ति बढिरहेको पाइएपछि यस्ता भ्रामक कुरामा विश्वास नगरी ठगी हुनबाट बच्न ब्युरोले बिहीवार एक सूचनामार्फत अनुरोध गरेको हो । सामाजिक सञ्जाल भाइबर, ह्वाट्स्एप, इमो लगायतबाट भिडियो, अडियो तथा टेक्स्ट मेसेज गरी प्रलोभनमा पार्दै ठगी हुने गरेको ब्युरोले जनाएको छ ।

कमेन्ट गर्नुहोस्