रुसले क्राइमिया प्रायद्वीपमा संसदीय चुनाव गराउनु अन्तरराष्ट्रिय कानूनको उल्लङ्घनः युक्रेन


रुसले क्राइमिया प्रायद्वीपमा संसदीय चुनाव आयोजना गरी अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन गरेको र पृथकतावादी नियन्त्रित क्षेत्रका बासिन्दालाई मतदानमा भाग लिन अनुमति दिएको आरोप युक्रेनले  लगाएको छ।
रुसले २०१४ मा क्राइमियालाई युक्रेनबाट कब्जा गरेको थियो र कीव र यसका सहयोगीहरूले दुई पूर्वी क्षेत्रहरूमा मस्को समर्थक पृथकतावादीहरूलाई समर्थन गरेको आरोप लगाएका छन्।
लुगान्स्क र डोनेट्स्कमा रूसी पासपोर्ट धारीहरूलाई शुक्रबारदेखि आइतबार सम्म ड्यूमा राज्यमा चुनावमा मतदान गर्न अनुमति दिइएको छ।युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले  एक पत्रकार सम्मेलनमा मस्कोले पूर्वी क्षेत्रहरू र क्राइमियामा मतदान आयोजना गरी "अन्तर्राष्ट्रिय कानूनको उल्लंघन" गरेको  आरोप लगाउनु भएको छ।  कुलेबाले  अहिले क्राइमियाको अवस्था एक नियन्त्रित  राज्यको जस्तो भएको र यस बापत  मस्कोले एक दिन ठूलो मूल्य चुकाउनुपर्ने दाभि गर्नु भएको छ। लुगान्स्क र डोनेट्स्क क्षेत्रका  ६००,००० भन्दा बढी जनताले २०१९ देखि हालसम्म रूसको राहदानी लिइसकेका छन् र यस क्षेत्रमा मतदानका निम्ति योग्य मानिएका छन् । रुसले २०१६ देखि क्राइमियामा निर्वाचन गराउँदै आएको छ।


Advertisement


Advertisement


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्