विश्व साइकल यात्री पुष्कर शाहको टोलीलाई स्वागत

विश्व साइकल यात्री पुष्कर शाहको टोलीलाई स्वागत

विश्व साइकल यात्री पुष्कर शाह नेतृत्वको टोलीलाई दोलखाको भिमेश्वरस्थित सातदोबाटो चोकमा स्वागत गरिएको छ ।


Advertisement

बिहीवार भिमेश्वर नगरपालिका–३ सातदोबाटो चोकमा ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम’ अन्तर्गत नागरिक र प्रहरीबीच सहकार्य, अपराध रोकथामको लागि अभियान भन्ने मूल नाराका साथ ‘नेपाल साइकल उत्सव–२०७८’को उपलक्ष्यमा स्वागत गरिएको छ ।


Advertisement

विश्व साइकल यात्री पुष्कर शाहको नेतृत्वमा इलामको सूर्योदय नगरपालिका–४ श्रीअन्तुबाट मुगु जिल्लासम्म साइकल यात्राको लागि भदौ २५ गते प्रस्थान भएका साइकल यात्रुहरू बिहीवार दोलखा सदरमुकाम चरिकोट पुगेका थिए ।

जिल्ला प्रहरी कार्यालय दोलखाको आयोजनामा कार्यालय प्रमुख लगायतको सहभागितामा समुदाय–प्रहरी साझेदारी सचेतनामूलक स्लोगन सहितको स्टिकर समेत वितरण गरिएको प्रहरीले जनाएको छ ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्