देउवा, प्रचण्ड र नेपाललाई भेटेर डा भट्टराईले दिए ५ सुझाव

देउवा, प्रचण्ड र नेपाललाई भेटेर डा भट्टराईले दिए ५ सुझाव

पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवालगायत शीर्ष नेताहरुसँग भेटवार्ता गरेका छन् ।


Advertisement

देउवासहित गठबन्धनका नेताहरु माओवादी केन्द्रका प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालसँगको भेटमा भट्टराईले आफ्नो ५ बुँदे सुझाव दिएका छन् ।


Advertisement

पहिलो सुझावमा भट्टराईले अध्यादेशको विषय छिटो छिनोफानो गरेर सरकारलाई पूर्णता दिन आग्रह गरेका छन् ।

यस्तै राष्ट्रिय सहमति कायम गरी एमसीसी पारित गर्ने,  प्रतिपक्षसँग छलफल गरेर बजेट पास हुने वातावरण बनाउने र  गठबन्धनका सबै प्रमुख दल र दलका शीर्ष नेताहरुले राष्ट्रिय सहमति कायम गरी अहिलेको गठबन्धनलाई संसदको पूर्ण कार्यकाल र चुनावसम्म नै लैजाने वातावरण बनाउन जिम्मेवार बनाउन पनि सुझाव दिएका छन् ।


Advertisement

भट्टराईले जनचासो र जनहितका सामाजिक मुद्दाहरूलाई प्राथमिकतामा राख्न पनि सुझाव दिएका छन् ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्