मध्यपुरमा तिहारपछि मात्रै विद्यालय सञ्चालन

मध्यपुरमा तिहारपछि मात्रै विद्यालय सञ्चालन

मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले सनकको भरमा हतारिएर विद्यालय सञ्चालन नगर्न प्याब्सनलाई आग्रह गरेका छन् । निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) मध्यपुर नगर समितिको आज आयोजना भएको दोस्रो अधिवेशनमा उनले अरु जिल्लामा विद्यालय खुले भन्दै हतारिएर विद्यालय खोले पछुताउनुपर्ने बताए ।
    
    अठार वर्षमाथि उमेरकाले कोभिडविरुद्धको भ्याक्सिन लगाए पनि १८ वर्षमुनिका बालबालिकामा तेस्रो लहरको कोभिडको जोखिम कायमै रहेको भन्दै उनले मध्यपुरथिमि नगरपालिकाले उपत्यकाका १८ वटा नगरपालिकाभन्दा पछि अन्तिममा मात्रै विद्यालय खोल्ने अनुमति दिने बताए ।


Advertisement

    दशैँमा घर गएर आउनेहरुले थप कोभिडको जोखिम बढाउने भन्दै उनले दशैँपछाडि विद्यालय सञ्चालनका लागि पूर्वाधारको तयारी गर्ने र कोभिड महामारीको अवस्था हेरेर मात्रै तिहारपछि विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन गर्ने बताए ।
    
कार्यक्रममा प्याब्सनका केन्द्रीय उपाध्यक्ष दीपिका थापा रिमाल, प्याब्सन केन्द्रीय सचिव भुवनलाल श्रेष्ठ, केन्द्रीय सह कोषाध्यक्ष गणेशबाबु पोखरेल, प्याब्सन भक्तपुर जिल्ला अध्यक्ष चन्द्र अधिकारीलगायतले भने अब मापदण्ड पालना गर्दै विद्यालय सञ्चालन गर्न अनुमति दिनुपर्ने बताए ।
    


Advertisement

 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्