शुक्रबार यी प्रदेशमा वर्षाको सम्भावना

शुक्रबार यी प्रदेशमा वर्षाको सम्भावना


शुक्रबार देशभर सामान्यदेखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  शुक्रबार दिउँसो बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान रहेको छ।


Advertisement

यस्तै लुम्बिनी तथा सुदुरपश्चिम प्रदेशका एक  दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ ।


Advertisement

 यस्तै राति देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन  चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

हाल नेपालमा भारतको उत्तर प्रदेश आसपासमा अवस्थित न्युन चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ। साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा दक्षिण तर्फ रहेको छ।


Advertisement

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्