पर्यटन मजदुरले पाए रोजगार

जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना कार्यक्रमअन्तर्गत दुईसय जनालाई रोजगारीको अवसर दिइएको छ । पर्यटन क्षेत्रमा संलग्न जनशक्तिलाई आपतकालीन रोजगार कार्यक्रम अन्र्तगत सो अवसर दिइएको हो । 


Advertisement

    ट्रेकिङ एजेन्सिज एशोसियशन अफ नेपाल (टान) पश्चिमाञ्चलले  नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट सङ्घ विकास कार्यक्रम (युएनडिपी) सहयोगमा सञ्चालित जीवनयापन सहयोग कार्यक्रमअन्तर्गत रोजगार प्रदान गरिएको हो । बोर्डका गण्डकी प्रदेशका प्रमुख काशीराज भण्डारीले मजदुरलाई सुरक्षा सामग्री र औजार हस्तान्तरण गरेर उक्त कार्यक्रमको शुभारम्भ गरे । 


Advertisement

    प्रमुख भण्डारीले कोभिड–१९ को कारण पर्यटन क्षेत्र शून्य अवस्थामा पुगेको जनाउँदै यस व्यवसायसँग आवद्ध मजदुरको जीविकोपार्जनमा कठिनाइ आएको उल्लेख गरे ।


Advertisement

कमेन्ट गर्नुहोस्