सिप्रदीको आधिकारिक सर्भिस सेन्टर अब कावासोतीमा पनि

टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा लि ले नवलपुरको कावासोतीमा ५३ औ सर्भिस सेन्टर दुर्गा एण्ड सन्स् अटोमोबाइल्स प्रालिको शुभारम्भ गरेको छ । 


Advertisement

दुर्गा एण्ड सन्स् अटोमोवाइलस् प्रा लि सिप्रदीको ११ औ आधिकारिक सर्भिस सेन्टर हो ।


Advertisement

टाटा मोटर्स ग्राहक सेवा का नेपाल प्रतिनिधि सामान्य दास तथा एग्रीकल्चर एण्ड फरेस्ट कन्जरभेसन रिसर्च सेन्टर, हाई टेक फिसरिज् एण्ड रिसर्च सेन्टरका अध्यक्ष मेघराज श्रेष्ठले संयुक्त रुपमा उक्त सर्भिस सेन्टरको उद्घाटन गरेका थिए । 

उक्त अवसरमा सिप्रदी ट्रेडिङ्ग प्रा लि ग्राहक सेवाका सिनियर महाप्रबन्धक साम्देन टि लामा, दुर्गा एण्ड सन्स् अटोमोबाइल्स प्रा लि का प्रबन्ध निर्देशक  गोपाल प्रसाद भट्टराईको तथा ग्राहकहरुको पनि उपस्थिति रहेको थियो ।


Advertisement

उक्त सर्भिस सेन्टरबाट टाटा कमर्सियल गाडीका ग्राहकहरुले सर्भिस तथा मर्मत सम्बन्धी सम्पूर्ण  सेवा तथा सुविधाहरु प्राप्त गर्न सक्ने छन् ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्