काँग्रेस सभापतिका तीन दाबेदारबीच भेटवार्ता

काँग्रेस सभापतिका तीन दाबेदारबीच भेटवार्ता

नेपाली काँग्रेसको आसन्न चौधौं महाधिवेशनमा सभापतिको आकांक्षी देखिएका तीन नेताबीच शुक्रबार भेटवार्ता भएको छ । उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा शशांक कोइराला र नेता प्रकाशमान सिंहबीच भेटवार्ता भएको हो । 
भेटमा तीन नेताबीच छलफललाई निरन्तरता दिने र सभापति पदका आकांक्षी अन्य नेताहरुसँग पनि सहमतिमा नेतृत्व चयनका विषयमा छलफल गर्ने सहमति भएको सिंहका प्रेस सहयोगी युपी लामिछानेले जानकारी दिए । 


Advertisement

यस्तै महाधिवेशनका विषयमा उत्पन्न आशंकाहरुलाई मध्यनजर गरेर निर्धारित मितिमै महाधिवेशन सम्पन्न गर्न आआफ्नो ठाउँबाट भुमिका खेल्ने सहमति समेत भएको छ । 


Advertisement

यस्तै  सरकारलाई चाँडो पूर्णता दिँदै गठबन्धन सरकारलाई जनउत्तरदायी भएर काम गर्न आग्रह समेत तीन नेताले गरेका छन् । यस्तै उनीहरुले सरकारलाई सफल बनाउन पार्टीका तर्फबाट भूमिका खेल्ने प्रतिबद्धता पनि जनाएको लामिछानेले बताए । 

महाधिवेशनका लागि निधिले औपचारिक रुपमै सभापतिमा उम्मेदवारी घोषणा गरिसकेका छन् भने सिंह र कोइरालाले पनि आकाँक्षा राख्दै आएका छन् । सिंह गणेशमान पुत्र हुन् भने शशांक बिपी पुत्र हुन् । 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्