‘काठमाडौँ किङ्गस् ११’ द्वारा चौथो संस्करणको एभरेष्ट प्रिमियर लिगको लागिआफ्नो टीम घोषणा

‘काठमाडौँ किङ्गस् ११’ द्वारा चौथो संस्करणको  एभरेष्ट प्रिमियर लिगको लागिआफ्नो टीम घोषणा

‘काठमाडौँ किङ्गस ११’ ले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिगका लागि   सम्मेलन मार्फत आफ्नो टीम सार्वजनिक गरेको छ । 


Advertisement

काठमाडौँ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यको प्रमुख आतिथ्यमा आयोजित उक्त समारोहमा ‘काठमाडौँ किङ्गस ११’ का कप्तान सन्दीप लामिछाने र पाकिस्तानी टीमका पूर्वकप्तान शाहिद अफ्रिदी सहित टीमको सार्वजनिक गरेका हुन् ।


Advertisement

पूर्ण अनूभवी, क्षमतावान् “काठमाडौँ किङ्गस ११” टीम एभरेष्टप्रिमीयर लिगको उपाधिकोे दावेदारीका साथ मैदानमा उत्रिन तयार रहेको टिमले जनाएको छ । 

टिमले जर्सी नं सहित आफ्ना खेलाडीहरुको घोषणा समेत गरेको छ । 


Advertisement

पाकिस्तानी राष्ट्रिय टीमका पूर्व कप्तान तथा धमाकेदार व्याट्सम्यान शाहिद अफ्रिदीले जर्सी नं १० लगाएर खेल्ने छन् । 

यस्तै ख्यातिप्राप्तअर्को अन्तराष्ट्रिय खेलाडी जनप्रकाशले १६ नं को जर्सी लगाएर खेल्ने छन् । 

अफगानी सशक्त ब्याट्सम्यान रेहमानुल्लाह गुर्वाजले भने २८ नं को जर्सी लगाउने छन् । 

काठमाडौँ किङ्स ११ का कप्तान अन्तराष्ट्रिय स्तरमा नै आफ्नो बलिङ्ग प्रतिभा प्रदर्शन गरिसकेका सन्दिप लामिछानेले भने जर्सी नं २५ लगाउने छन् । 

अरु राष्ट्रिय स्तरका खेलाडीहरु गुल्शन झाले जर्सी नं १५, सुवास खकुरेलले जर्सी नं २६, सिद्धान्त लोहनी जर्सी नं १७ जितेन्द्र मुखियाले जर्सी नं ६५ लगाएर मैदानमा उत्रिने छन् । 

यस्तै अमित श्रेष्ठ २७ नं जर्सी राजु रिजाल ५ नं जर्सी, अमर सिङ्ग रौटेला ८१ नं जर्सी शेर मल्ल ५८ नं जर्सी, सम्सद शेख ७ नं जर्सी, दिपेन्द्र रावत ९ नं जर्सी, आकाशचन्द २४ नं जर्सी र रायन वर्ल ५४ नं को जर्सी लगाएर उत्रने छन् ।     

६ टीमले प्रतिस्पर्धा गर्ने यो ईपीएल शनिवारदेखि असोज २५ गतेसम्म कीर्तिपुरको टीयु मैदानमा हुँदैछ । 

काठमाडौँ किङ्स ११ ले पहिलो चरणमा असोज ९ गते  ललितपुर प्याट्रीएट्स, असोज ११ गते बिराटनगर वारियर्स, असोज १२ गते पोखरा राइनोजसँग, असोज १४ मा चितवन टाइगर्स र असोज १६ गते भैरहवा ग्लाडिएर्टससँग प्रतिस्पर्धा गर्नेछ ।

विगतका वर्षहरुमा पनि उत्कृष्ट खेल प्रदर्शन गरी सबै दर्शकमाझ लोकप्रियता कमाएकोे काठमाडौँ किङ्स ११ ले यस पटक पनि उत्कृष्ट टोलीका साथ रोमाञ्चक खेल प्रदर्शन गर्ने दावी गरेको छ । 
बजाज पल्सर एभरेष्ट प्रिमियर लिग क्रिकेट अन्तर्गत काठमाडौँ किङ्स ११ टिमको मुख्य प्रायोजन शिवम् सिमेन्ट रहेको छ ।

यस्तै स्मार्टफोन पार्टनर नोकिया, गोल्ड पार्टनर शिवशक्ति ग्रुपको ‘फेमिलीआयल’ र ‘उर्जा राइस’, बैकिङ्ग पार्टनर ‘सिद्धार्थ बैँक’ र इलेक्ट्रिफाइड पार्टनर ‘लिट्मस केवल’ रहेका छन् ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्