उच्च अदालतबाट १ वर्षमा ५६६ मुद्दा फछ्र्याैट

उच्च अदालतबाट १ वर्षमा ५६६ मुद्दा फछ्र्याैट
प्रतिकात्मक तस्वीर

उच्च अदालत दिपायलमा गत आर्थिक वर्षमा कूल १ हजार १५ मुद्दा दर्ता भएकामा ५६६ फछ्र्यौट भएका छन् ।


Advertisement

अदालतमा परेका देवानी मुद्दाअन्तर्गत लिखित बदरमा १५ मध्ये ७ मुद्दा फछ्र्यौट भएका छन् भने ८ मुद्दा फछ्र्यौट हुन बाँकी छन् । विभिन्न कागजात अपुग भएका कारण ४०९ मुद्दा फछ्र्यौट हुन बाँकी छन् । 


Advertisement

अंश मुद्दामा २२ परेकामा १३ फछ्र्यौट भएका छन् भने नौ मुद्दा बाँकी, फौजदारीअन्तर्गत जालसाजी मुद्दामा ६४ मुद्दा दर्ता भएकामा ३३ फछ्र्यौट भएका छन् भने ३१ मुद्दा बाँकी रहेका जनाइएको छ । यसैगरी रिट पुनरावलोकनमा २८ मुद्दा दर्ता भएकामा १८ फछ्र्यौैट भएका छन् भने १० फछ्र्यौट हुँन बाँकी छन् ।

वन्यजन्तुलगायतका कसुरमा कुल ४४ मुद्दामा ३३ फैसला भएका छन् भने ११ मुद्दा फैसला हुन बाँकी रहेको अदालतले जनाएको छ । अदालतको अपहेलना, बालबालिका तथा राजस्व चुहावटमा दर्ता भएका सबै मुद्दा फछ्र्यौट भई न्याय सजायसमेत तोकिसकिएको छ ।


Advertisement

उच्च अदालतमा दर्ता भएका मुद्दामा सबैभन्दा बढी कैलाली जिल्लाका रहेको बताइएको छ । 

गत आवमा लागूऔषधका मुद्दा सबैभन्दा बढी दर्ता भएका थिए । लागूऔषध ओसारपसारदेखि सेवनका घटना गएका आवमा कूल ८६ दर्ता भएको पाइएको छ । कूल ८६ वटा लागूऔषधका मुद्दा दर्ता भएकामा ४४ वटा फछ्यौट भएको र अब ४२ मुद्दा फछ्र्यौट हुन बाँकी रहेका रजिस्ट्रार रणबहादुर कटवालले जानकारी दिए । उनका अनुसार दर्ता भएका ती मुद्दामा खैरो हिरोइनदेखि गाँजा तथा चरेससम्मका छन् ।

कमेन्ट गर्नुहोस्