साफ च्याम्पियनसिप : आज नेपाल र भारत भिड्दै

माल्दिभ्समा भइरहेको साफ च्याम्पियनसिप २०२१ अन्तर्गत नेपालले आज भारतको सामना गर्दैछ । नेपाल र भारतबीचको खेल मालेस्थित नेशनल स्टेडियममा नेपाली समयअनुसार राती ९:४५ बजे शुरू हुनेछ।


Advertisement

प्रतियोगितामा अहिलेसम्म दुई खेल खेल्दा नेपाल र भारत फरक स्थितिमा छन्।  नेपालले सुरुवाती दुई खेल जितेर ६ अंक जोडेको छ र फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ। अर्कोतर्फ भारतले सुरुवाती दुई खेलमा लगातार बराबरीमा २अंक जोडेको छ।


Advertisement

यस्तो अवस्थामा दुवै टोलीलाई आजको खेल महत्वपूर्ण छ । नेपालले भारतलाई पराजित गरेमा एक खेल खेल्नुअघि नै फाइनलमा पुग्नेछ। बराबरी वा पराजित भएमा भने नेपालले अन्तिम खेलसम्म कुर्नुपर्नेछ । उता भारतलाई भने जित निश्चित रुपमा आवश्यक छ ।

सन् २०१३ मा नेपालमै भएको साफमा भने समूह चरणमा नेपालले भारतलाई २-१ ले पराजित गरेको थियो ।
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्