च्याङ्ग्रा नआउँदा महँगियो दशैँ

च्याङ्ग्रा नआउँदा महँगियो दशैँ
फाइल तस्वीर

कोरोना कहरले हिल्सा नाका बन्द हुँदा हुम्लाका स्थानीयको दशैँ महँगो भएको छ ।


Advertisement

स्थानीय खसीभन्दा सस्तोमा पाइने च्याङ्ग्रा चीनको ताक्लाकोट र चुवाँखोला नाकाबाट आयात नभएपछि खसीको बलि दिनै पर्ने दशैँ महँगो भएको हो ।


Advertisement

खार्पुनाथ गाउँपालिका–४ को छिप्रा गाउँका सर्जन रावलले बाह्र हजारमा पाइने च्याङ्ग्रा नआउने भएपछि ३० हजारमा स्थानीय खसी किन्नुपरेको बताए ।

खसीको मूल्य हुम्लामा यो हालसम्मकै उच्च हो ।


Advertisement

उनले बर्सेनि चीनको ताक्लाकोटबाट आउने च्याङ्ग्रा कोरोनाका कारण हिल्सा नाका बन्द हुँदा व्यापारीले ल्याउन नपाएपछि दशैँ महँगो हुन गएको बताए ।

हुम्लामा च्याङ्ग्रा भित्रिएका भए आकार हेरी सात हजारदेखि १७ हजार मूल्यमा खरिद गर्न पाइन्थ्यो । उनले यसपाली च्याङ्ग्रा आउन नपाउँदा दशैँ महँगो हुन गएको बताए ।

दस वर्षदेखि च्याङ्ग्राको व्यापार गर्दै आएका व्यापारी छिरिङ लामाले नाका बन्दले च्याङ्ग्रा नआउँदा व्यापारै छोड्नु परेको बताए । गोरखापत्र दैनिकमा खबर छ ।

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्